प्रकाश अधिकारी,
साउन महिना झरी बादल बर्षाका बीचमा ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको हिमश्रृंखलामा अवस्थित आकर्षक रमणीय स्थान तिम्बुङ्ग पोखरीको यात्रामा निस्कदा हामीले देखे भोगेका केही अनुभव र सूचना यात्रा तिम्बुङ पोखरीलाई यस लेखमार्फत पाठक वर्गमा पस्कन चाहेको छु ।

इलाम सदरमुकामबाट साउन ६ गते बिहान मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका पदाधिकारी र कर्मचारीसहितको टोली तिम्बुङ पोखरी यात्राका लागि बाटो लागेका हामी राँके, फिदिम, जोरपोखरी, गणेश चोक, थर्पु, ओयाम, फलैचा, च्याङ्गथापुहूदै याङ्वरक गाँउपालिकाको बेतेनी भन्ने स्थानसम्म सवारीसाधनमा सहजताका साथ यात्रामा रमायौं ।

मेची राजमार्ग छाडेर मध्यपहाडी लोकमार्गको यात्रा गणेशचोकबाटै टोलीका केही साथीका लागि नौलो थियो । मध्यपहाडी लोकमार्गको पूर्वको उद्गम बिन्दु चिवा भञ्ज्याङ्ग पुग्नु सात किलोमिटर अगावै उत्तरतर्फ मोडिएका हामी करिब पाँच किमी यात्रामा बेतेनी पुगेका थियौ ।

सामान्य र पर्याप्त आवास रहेको घरबासका रूपमा रहेको त्यही स्थानमा बास बसेका हामी तीन जना सहयोगी पथप्रदर्शक लिएर भोलिपल्ट बिहानै गम्बुटसहित पैदल यात्रामा हामी ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाको कालीखोलातर्फ बाटो लाग्यौ ।

बर्षाको समय पानी, झरी, हिलोमात्र होइन बाटोमा अत्याधिक जुका लाग्ने भएका कारण हामी गम्बुट लगायर यात्रामा नस्किएका थियौ स्थानीय समाजसेवी साथै पथप्रदर्शक समेतले हामीलाइ उक्त कुरा सुझाएका थिए ।

बर्षाको समय पानी, झरी, हिलोमात्र होइन बाटोमा अत्याधिक जुका लाग्ने भएका कारण हामी गम्बुट लगायर यात्रामा नस्किएका थियौ स्थानीय समाजसेवी साथै पथप्रदर्शक समेतले हामीलाइ उक्तकुरा सुझाएका थिए ।

कठिन तर रमणीय श्रृंखलाको दृश्यावलोकन फेरि उक्त यात्राको सुरुवाती जोसजागरका साथ उकालो ओरालो यात्रामा हामीले केही झरना र तीन वटा झोलुंगेपुल पार गरेपछि कालीखोलाको उकालो लाग्यौं । बेतेनीबाट छ घण्टाको यात्रा पुरागरेर हामी २३०० मिटर उचाइमा रहेको आकासे क्षेत्रमा पुग्यौं ।

त्यसभन्दा अगाडि जानलाई समय, बासस्थान साथै हाम्रो थकानका कारण हामी त्यही बासबस्ने अवस्थामा पुग्यौं । जुकाको बिगबिगी झेल्दै त्यहाँ पुगेको हाम्रो नौ जनाको टोली लखतरान अवस्थामा त्यही बासबस्यौं ।

कालीखोलाको झोलुंगेपुलबाट उकालो लाग्दा बिभिन्ने स्थानमा ढुंगाको सोलिङबाटो तर असाध्यै उकालो रहेछ असंख्य स्थानमा सासलिदै ढुंगामा आडलिदै हामी बासबस्ने स्थानमा पुगेका थियौं । उक्त क्षेत्रमा मेचीपहाडी कार्यालयले २०६८ सालदेखि नै निरन्तर रूपमा पदमार्ग निमार्णकालागि सहयोग पुर्याइरहेको रहेछ जसका कारण कालीखोलाबाट तिम्बुङ्ग पोखरी जोड्ने पदमार्गका बिभिन्न स्थानहरुमा ढुंगासोलिङ भएको पाईयो ।

साथै इलामको इरौटार पशुपतिनगर मानेभञ्ज्याङ्ग सन्दकपुर हँदै तिम्बुङ्ग पोखरी भएर कञ्चनजंघा बेसक्यामसम्म पूर्वी पहाडी क्षेत्रलाई केन्द्रित गरेर पर्यटन प्रवद्र्धनका लागि पदमार्ग बन्दैगरेको र इलाम पाँचथर र ताप्लेजुङका विभिन्न पूर्र्वी सिमावर्ती क्षेत्रमा निर्माणाधिन पदमार्ग तिनको संरक्षण र त्यस क्षेत्रको सम्भावनाका बिषयमा स्थानीयबासीसँग रोचक चिन्तन र परामर्श पनि भयो ।

भोलिपल्ट तीन जना पथ प्रदर्शकको साथ लागेर हामी उकालो लाग्यौं । जुकाको असंख्य प्रहार झेल्दै करिब पाँच घण्टाको दुरी पूरा गरेका हामी ३३०० मिटर उचाइमा रहेको नुनढिकी डाँडामा पुग्यौ ।

त्यहाँ रहेको सानो पाथीभरा देबीको मन्दिरको दर्शन पश्चाल नजिकै रहेको सुब्बा दाइको चौरीगोठमा पुग्यौं । निरन्तरको पानी झरी र थकानका कारण लखतरान मुद्रामा रहेका हामी त्यहाँ केहीबेर थकाइ मार्ने साथै खाजा खाने प्रबन्ध मिलायौ गोठमा रहेका भाडाकुडाको प्रयोग गरेर सहयोगी साथिको मदतमा चिया खाजा खाएर करिब एक घण्टाको बिश्राम पश्चात पुन अघि बढ्यौं ।

बीच-बीचमा भेटिएका चौरीगोठमा छिर्दै तातोपानी चिया खादै चिसो मौसमलाई काटनका लागि भुटेका मकै, सातु, अदुवा, चकलेट मिश्री बिस्कुट इत्यादिको सहायताबाट करिब छ घण्टाको दुरी पार गरेर हामी साझमा माबुमा रहेको एक चौरी गोठमा पुग्यौं । यो स्थान करिब ३७०० मिटरको उचाइमा रहेको कारण अत्याधिक चिसो महसुस भयो ।

बीचमा धुनी बालेर हामी वरीपरी बसेर आगो ताप्दै चौरीगोठमा बिश्राम गर्न थाल्यौ । त्यही आगोमा गोठका एकजना साथी र हामीसँग गएका सहयोगी मिलेर झोलाबाट चामल निकालेर खाना पकाउन थाले । धन्न गोठमा सिन्की रहेछ त्यसकै सब्जी र दाल बनाएर चौरीको दूध अनि घीउसहित इच्छा अनुसारको भोजन पश्चात दर्के पानीको पर्वाहनगरी सोतरमाथि म्याट ओछ्याएर सबैजना भक्ल्याक भुक्लुक सुतियो ।

राति एक बजे गोठमा छिरेको पानीले ओछ्यान भिजाएका कारण उठियो सानो ठाँउ धेरै मानिस उपाए केही भएन कुलो काटेर पानी तर्काएर पुन सुत्ने ठाँउको व्यवस्था मिलाएर अत्याधिक जाडो र पानीको प्रलयका बिच उज्यालो बनाएर हामी तिम्बुङ्तर्फ निरन्तर अघिबढ्यौ । करिब साढे दुइ घण्टाको दुरी पार गरेर करिब ४००० मिटर उचाइमा पर्ने बिखे भन्ने स्थानमा रहेको अर्को चौरी गोठमा बिहानको खाना खाएर हामी पुन : हिमालतर्फ लाग्यौं ।

चौरीको हुलमा फोटो खिज्दै डाँडाकाडामा रमाउदै हिमाल र पहाडको रमणीय दृश्यावलोकन गर्दै उक्त गोठबाट करिब पाँच घण्टाको यात्रा पूरा गरे पश्चात हामी ४३०० मिटर उचाइमा रहेको तिम्बुङ् पोखरीको काखमा ठूलो भञ्ज्याङ पुगेर त्यही पाटीमा खाना खाएर सुत्यौं ।

बिहानै उठेर करिब एक घण्टा उकालो हिडेर ४४८० मिटर उचाइमा नेपालको नक्साको आकारमा रहेको तिम्बुङ्ग पोखरीको दर्शन, त्यहा रहेको बिष्णु भगवानको मन्दिरमा पूजाआजा गरेर पोखरी अनि वरिपरिको रमणीय वातावरणमा हामी सबैजना हरायौ ।

विभिन्न जडिबुटी, चट्टान, वनस्पति, त्यहाँको अर्को आकर्षण केञ्जो९कद्मचाल०सँग फोटो अनि नजिकै देखिने हिमश्रृंगखलाको दृश्यावलोकन असाध्यै स्मरणीय बन्यो धन्य छ तिम्बुङ्ग पोखरी ।

विभिन्न जडिबुटी, चट्टान, वनस्पति, त्यहाँको अर्को आकर्षण केञ्जो९कद्मचाल०सँग फोटो अनि नजिकै देखिने हिमश्रृंगखलाको दृश्यावलोकन असाध्यै स्मरणीय बन्यो धन्य छ तिम्बुङ्ग पोखरी ।

वास्तवमा पुूर्वी पहाडको आकर्षक गन्तब्य यस तिम्बुङ् पोखरीलाई केन्द्र बनाएर यहाँको मनोरम र आनन्दमय हाम्रो सम्पदाको संरक्षण र बजारीकरण गर्न सकेको खण्डमा पूर्वी पहाड खासगरी इलाम पाँचथर र ताप्लेजुङको विकास र त्यहाको आर्थिक समृद्धिका लागि तिम्बुङ् पोखरी महत्वपूर्ण आधार बन्ने सम्भावना देखिन्छ ।

पूर्वी सीमावर्ती क्षेत्र नजिकै सिक्किम रहेता पनि भौगोलिक बनावट र आकर्षणका कारण यस क्षेत्रको पर्याप्त फाइदा नेपालले नै आर्जन गर्न सक्ने पर्याप्त सम्भावना रहेको देखिन्छ । प्रदेश नं. १ को आर्थिक समृद्धिको आधार मानिएको पर्यटन क्षेत्रमा असाध्यै महत्व राख्ने यस क्षेत्रको विकास र प्रवद्र्धनबाट धेरैभन्दा धेरै आन्तरिक र वाह्य पर्यटकलाई सुखद आनन्ददायी गन्तव्य बन्ने छ तिम्बुङ् पोखरी । सबै सरोकारवाला आ आफ्नो क्षेत्रबाट यसको प्रवद्र्धनमा र विकासमा लाग्नै पर्दछ ।