एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले औडी कपको उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि स्पर्सले सडन डेथमा ६-५ को जित दर्ता गरेको हो । जेरोम बोटेङले निर्णायक प्रहार गोलमा परिणत गर्न नसक्दा बायर्न पराजित भएको थियो । त्यसअघि टाइब्रेकरमा स्पर्सका क्रिस्टियन एरिक्सन तथा बायर्नका डेविड अलावाको प्रहार गोल हुन सकेको थिएन ।

१९ औ मिनेटमा ईरिक लामेलाको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ५९ औ मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेनहमको अग्रता दोब्बर पारे । पहिलो हाफमा जर्मन क्लबमाथि टोटेनहम पुर्ण रुपमा हाबी देखिन्थ्यो ।

६१ औ मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

सडनडेथको खेलमा जेरोम बोटेङ्गले उत्कृष्ट बचाउ गर्दै बार्यनलाई निराश बनाउदै प्रि-सिजन टूरमा टोटेनहमलाई पहिलो उपाधि जिताउन सफल रहे ।