झापा । शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा आज पारिजात महिला फुटबल क्लब अर्र्जुनधाराले वाकओभर पाएको छ । वाकओभरसँगै पारिजातले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आज हुने भनिएको मोरङको उर्लाबारी नगर खेलकुद विकास समिति अनुपस्थित भएपछि पारिजातले वाकओभर पाएको हो । पारिजात प्रतियोगिताको उपाधिका लागि दाबेदार टिम हो । अर्जुनधारा नगरपालिकाको १० नम्बर वडाका खेलाडी सम्मिलित पारिजात महिलातर्फ जिल्लाको टिमको रुपमा रहँदै आएको छ ।
आयोजकका अनुसार भोलि दुई खेल हुनेछन् । पहिलो खेल झापा महिला फुटबल क्लब र रोयल क्लब दमकबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेल शिवसताक्षी ११ फुटबल क्लब र सुरुंगा फुटबल क्लब झापाबीच हुनेछ ।
प्रतियोगितामा झापा, इलाम र मोरङ्गका १० महिला फुटवल टिम सहभागी छन् । विजेताले टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ ।