काठमाडौं । नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-२३ पुरुष टोलीको तयारी सुरु गरेको छ । पे चरणमा एन्फाले टिमका लागि ४५ जना खेलाडीलाई बोलाएको छ । जसमा पाँच जना सिनियर खेलाडी छन् ।
सागको यू-२३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी राख्न पाउने प्रावधान छ । त्यसका लागि बालगोपाल महर्जनको मुख्य प्रशिक्षणमा रहेको टोलीले बढीका उमेरका ५ जना खेलाडीलाई प्रशिक्षणमा डोकेको छ । ती पाँचै खेलाडी राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । प्रशिक्षणको पहिलो दिन २५ खेलाडी समावेश भएका थिए ।
महर्जनले सिनियर टोलीका गोलकिपर किरण चेम्जोङसहित, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई डाकेका छन् । साग यू-२३ टोलीमा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान छ । सागमा सन् २००४ को नवौं संस्करणबाट यू-२३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सागको साविक विजेता हो ।

यू-२३ र सिनियर टोली दुवैमा पर्नेले विश्व कप छनोटको तयारीमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्नेछन् । बाँकी यू-२३ का खेलाडीले महर्जनको प्रशिक्षणमा रहनेछन् । सागकै लागि महिला टोलीको तयारी पनि सुरु भइसकेको छ ।
प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपर : किरण चेम्जोङ, रोमन रसाइली, अपर्ण कार्की, दीप कार्की, देव लिम्बु, प्रदीप भण्डारी, अभिषेक बराल
रक्षक : रोहित चन्द, असिम भुसाल, विश्वास उदास, अनन्त तामाङ, दीनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, सुमन अर्याल, अमित तामाङ मिडफिल्ड – हेमन्त थापा मगर, रोशन पहारी, सेनसाङ आङदम्बे, नीतिन थापा, तेज तामाङ, अरिक विष्ट, अर्जुन सिंह, विक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दीपेश आले मगर, अन्जन विष्ट, सुनिल बल, सुसान श्रेष्ठ, रामचन्द्र वाजी
फरवार्ड : विमल घर्तीमगर, धिरज श्रेष्ठ, राजेश परियार, नवयुग श्रेष्ठ, मिक्छेन तामाङ, अभिषेक रिजाल, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिभ लोचन, पुजन उपरकोटी