काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको तयारीमा रहेको टोलीबाट खेलाडी संख्या घटाएका छन् ।
पहिलो चरणमा ३६ खेलाडी बोलाइएकोमा ५ खेलाडी कम गर्दै ३१ खेलाडी दोस्रो चरणको छनोटमा परेका हुन् । पहिलो चरणबाट बाहिरिनेमा डिफेन्डर कमल श्रेष्ठ र अमित तामाङ तथा मिडफिल्डरहरु नितिन थापा, सेसेहाङ आङदेम्बे र मिक्छेन तामाङ रहेका छन् । कमलबाहेकका चार जना यू-२३ टोलीको प्रशिक्षणमा सहभागी हुनेछन् ।
हाल प्रशिक्षणमा उपस्थित नरहेका भरत, रोहित र विमल पनि टोलीमा समेटिएका छन् । भरत आर्मी प्रशिक्षणका लागि थाइल्यान्डमा छन् । विमल माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका छन् ।
राष्ट्रिय टोली :
विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विमल घर्तिमगर, रोहित चन्द, भरत खवास, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे र त्रिदेव गुरुङ ।