काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू १५ च्याम्पियनसिप भारतको कल्याणीमा भदौ ४ देखि १४ गते सम्म आयोजना हुनेछ ।

सुनिल श्रेष्ठ मुख्य प्रशिक्षक रहेको प्रशिक्षण टोलीमा राजकुमार केसी सहायक र विनोद महर्जन गोलकिपिङ प्रशिक्षक रहेका छन् । प्रशिक्षणका लागि बोलाइएका ५२ खेलाडीबाट घटाउँदै अन्तिम टोलीको छनोट गरिएको थियो ।

मुख्य प्रशिक्षक श्रेष्ठले उपाधि जित्ने सम्भावना रहेका बताएका छन् । यद्दपी उनले मुख्य दाबेदार नै रहेको दाबी गर्न नमिल्ने बताएका छन् । ‘भारत बलियो प्रतिद्धन्द्धि हो । पहिलो खेल उनीहरुविरुद्ध नै छ’, श्रेष्ठले भने, ‘पहिलो खेल नै महत्वपूर्ण छ । त्यो खेल जित्न सके । फाइनल पुग्ने सम्भावना रहन्छ ।’

टिम घोषणा पछि मुख्य प्रशिक्षक श्रेष्ठले साफ यु-१५ च्याम्पियनसिपमा नेपालको पनि उपाधि जित्ने सम्भावना रहेको बताए । यद्यपि उनले नेपाल प्रतियोगिताको दावेदारका रुपमा भने नउत्रिने स्पष्ट पारे । साथै प्रशिक्षक श्रेष्ठले नेपालको पहिलो खेल निकै महत्वपूर्ण हुने बताए ।

यहि अगस्त २१ देखि ३१ तारीखसम्म भारतको कल्याणी स्थित कल्याणी स्टेडियममा हुन गईरहेको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलका रुप्मा उद्घाटन खेलमै आयोजक तथा बलियो भारतसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल २३ अगस्ताका दिन श्रीलंकासँग खेल्नेछ भने २७ र २९ अगस्तका दिन क्रमश बंगलादेश र भुटानसँग भिड्नेछ ।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

साफ यू १५ नेपाली टोली

गोलकिपर- इश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी

रक्षक- प्रज्ञान महर्जन, अभिषेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्ड- जन्म जय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्ड- कृसन अधिकारी यादव, कृश सापकोटा, सगुन जिमी, शंशाक बोहोरा