काठमाडौँ । मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिम विरुद्ध खेल्ने २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् । स्मरण रहोस, नेपालले यहि आउँदो अगस्त २६ तारीखका दिन मलेसियन लिग च्याम्पियनसँग उसकै घरेलु मैदानमा भिड्दै छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो म्याचलाई नेपालको फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ अन्तिम तयारी म्याचका रुपमा समेत रहेको बताएको छ । विश्वकप छनौटतर्फ समूह बी मा रहेको नेपालले बलियो अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँग खेल्ने तय भईसकेको छ ।

अर्को महिना मलेसियाको सुपर लिग च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल घोषणा भएको हो । विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेलअघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने तय भइसकेकोे छ ।

त्यसपछि नेपालले विश्व कप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जोहान कालिनले नम्बर एक गोलकिपर किरण चेम्जोङ विना नै टोलीको घोषणा गरेका छन् । किरण यतिबेला जापान भ्रणणमा छन् । २३ सदस्यीय टोलीको गोलकिपरमा विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् ।

यस्तो छ राष्ट्रिय फुटबल टोली :

गोलकिपर्स : बिकेश कुथु, एलन न्यौपाने, बिशाल श्रेष्ठ

डिफेन्डर्स : सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर्स : सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, बिशाल राई

फरवार्डस : बिमल घर्ती मगर, बिमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ