ताप्लेजुङ । यहाँ जारी चौँथो पाथीभरा गोल्डकप २०७६ मा आइतबारको खेलबाट डाँगीहाट फुटबल क्लब मोरङ सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

गृह जिल्लाकै बेलबारी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै डाँगीहाट गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । डाँगीहाटको जितका लागि विक्रम लिम्बूको गोल नै निर्णायक बनेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा डाँगीहाटका अरुण लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कारस्वरुप पाए । सोमबार तेस्रो क्वाटरफाइनल खेल सुनसरीको एलेभेन एरोज एफसीविरुद्ध भारत दार्जीलिङको युकेएफसीबीच खेल हुनेछ ।

गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।