एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम न्यु क्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु मैदानमै न्यु क्यासलसँग १-० ले स्तब्ध बनेको हो ।

खेलको २७औं मिनेटमा जोइलिन्टनले गरेको गोल नै न्यु क्यासलको जितमा पर्याप्त बन्दा टोटेनहम स्तब्ध बन्न पुग्यो । खेलभर नै न्यु क्यासललाई दवावमा राखेपनि टोटेनहमले न्यु क्यासलको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।

२१औं मिनेटमा न्यु क्यासलले पेनाल्टीको मौका पाएपनि ह्युगो लोरिसले बचाएका थिए । तर, २७औं मिनेटमा क्रिस्टियन एट्सुको पासमा जोइलिन्टनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा लुकास मोउराको प्रहारलाई मार्टिनले बचाउदा बराबरीबाट चुकेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा लुकासको अर्को मौकालाई सदुपयोग गर्न सकेन । दोस्रो हाफमा टोटेनहमले आर्धा दर्जन मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै न्यु क्यासलले ३ खेलबाट ३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । टोटेनहम ४ अंकसहित सातौ स्थानमा छ ।

प्रिमियर लिगको अर्को खेल वल्भ्स र वर्नलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । हारतर्फ उन्मुख घरेलु टोलीका लागि इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा राहुल जिमिनेजले पेनाल्टीमा गोल गर्दै हार टारेका थिए ।

म्याथ्यु लोटनले रायन बेन्नेटलाई लडाएपछि रेफ्रीले भिएआरको सहायतामा वल्भ्सलाई पेनाल्टीको मौका दिएको थियो । जसमा राहुल जिमिनेज चुकेनन् ।

त्यसअघि खेलको १३औं मिनेटमा एस्ले वार्नेसको गोलमा वर्नली खेलमा अघि बढेको थियो । बराबरीपछि वल्भ्स ३ अंक जोडेर १५औं तथा ४ अंक जोडेर वर्नली छैटौ स्थानमा छ ।