एजेन्सी । एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ । विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो ।

कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ । कतार विश्वकपको प्रतिकअरब संस्कृतिको आधारमा वुलन शलमा विन्टर सिजनको रिफ्लेक्ट हुने गरी निर्मित गरिएको छ । पहिलोपटक विन्टर सिजनमा हुने कतार विश्वकप २१ नोभेम्वरमा शुरु भएर १८ डिसेम्वरमा समापन हुनेछ । १८ डिसेम्वर कतारको राष्ट्रिय दिवस हो ।

कतारले २०१० मा नै २०२२ मा विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । विश्वकप आयोजनाको लागि अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई भोटिङमा पछि पारेको थियो ।

फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो । कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।

कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो । प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन (बालुवाको ठूल-ठूला थुम्का)’ लाई प्रतिविम्बित गर्छ ।

त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ ।

केही विश्वचर्चित फुटबल खेलाडिले पनि आगामी विश्वकपको उक्त प्रतिक चिन्हलाई आफ्नो समाजिक संजालमा शेयर गरेका छन् । सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२ औं सस्करण पहिलो पटक अरब प्रायद्विपमा हुदैंछ । सन् २०२२ नोभेम्बर २१मा सुरु हुने प्रतियोगिताको फाइनल खेल सन् २०२२ डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ ।