झापा । मलेसियामा सप्पन्न पाँचौ विश्व गोजु रिउ कराते डो च्याम्पियनसीपको अफिसियल प्रतियोगितामा नेपाललाई पहिलो पदक मिलेको छ । नेपाललाई पहिलो रजत पदक कमल ओली सफल भएका हुन् ।

ओलीले ६० केजी तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी, दोस्रो चरणमा भारतका खेलाडीलाई र सेमिफाइनलमा फ्रान्सलाई पाखा लगाएका थिए । फाइनल राउण्डमा रोमनियाका खेलाडीसँग झिनो अन्तरले परजित हुँदा नेपालले दोस्रो स्थानमा रजत पदकमै चित्त बुझाउन बाध्य भएको हो ।

नेपालको अहिलेसम्म पदक तालिका मा १ रजत रहेको राष्ट्रिय खेलकुद परिषद्का प्रचार प्रसार शाखा अधिकृत दुर्गा दुलालले बताए । नेपालका लागि पहिलो पदक (रजत) दिलाउन सफल कमलले ८औँ बृहत् राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेका छन् ।