झापा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीले आफ्नो वरियता सुधार गर्दै पहिलोपटक १००औं स्थानमा पुगेको छ ।

एक स्थान सुधार गरेको नेपालले कुल १२०६ अंकका साथ १००औं वरियता हात पारेको हो । दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको ५८औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ ।

त्यसैगरी १३२औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ भने १३८औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा छ । त्यस्तै १४०औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौ स्थानमा छ भने १५५औं वरियतामा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ ।

उता विश्व वरियताको शिर्ष स्थानमा भने विश्व च्याम्पियन अमेरिका यथावत छ । जर्मनी दोस्रो स्थानमा छ भने नेदरल्याण्डस् तेस्रो स्थानमा रहेको छ ।