झापा । ग्यालेक्सी फिटनेस बिर्तामोडका ललित धिमाल कपिलवस्तुश्री बडिबिल्डिङ च्याम्पियन बनेका छन् । शनिबार (हिजो) तिलौराकोटमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनी ओभरअल च्याम्पियन बनेका हुन् ।

नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ कपिलवस्तुको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा ५२ जनाले स्पर्धा गरेका थिए । जसबाट ३० जना प्रिजजिङबाट छानिएका थिए ।

ओभरअल राउण्डमा झापाका ललित धिमालले ७० केजी तौलभन्दा माथिबाट उपाधि रक्षा गरेका हुन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र त्यसभन्दा माथि तौल भएका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ओभरअल च्याम्पियन धिमालले नगद २ लाखसहित १५ केजी तौल भएको धातुको बुद्ध मूर्ति पनि पाए ।