अर्जुनधारा । झापाको अर्जुनधारा-१ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगितामा आइतबारको खेलबाट आयोजक सयपत्री युवा समूह सेमिफाइनमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनल खेलमा टाँडी युवा क्लब मोरङाई पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।

शहीद टेक-मान रंगशालामा आयोजकले टाँडीलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा अग्रता टाँडीले गरे पनि अग्रता जोगाउन नसक्दा पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।

खेलको अनिल तामाङले १४औँ मिनेट गोल गरेर टाँडीका लागि अग्रता दिलाएका थिए । तर, आयोजकका तर्फबाट बबिन बोहोराले १६औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुराएका थिए । बबिनले नै ४६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे टिमलाई विजयी बनाए ।

खेलको म्यान अफ दी म्याच दुई गोल गरेका आयोजकका बबिन बोहोरा घोषित भए । उनलाई उनलाई आयोजक क्लबका अध्यक्ष कृष्ण लोहार र झापा ११ एफसीका महासचिव केशवराज दाहालले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

शहीद टेकमान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहद्वार आयोजित प्रतियोगिताको सोमबार रोलिङ क्लब धुलाबारी र शिवसताक्षी युवा क्लब झिलझिलेबीच खेल हुनेछ ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।