झापा । करण केसीको अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

आइतबार नेपालले हङकङलाई हराएको थियो। यो जितले नेपाल उपाधिको पनि बलियो प्रत्यासी बनेको छ। ओमानमा भइरहेको प्रतियोगितामा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। त्यसमा म्याक्स ओ डोडले सर्वाधिक ४३ रन बनाए।

नेपाली बलरमध्ये १७ रनमा चार विकेट लिए। यस्तै सन्दीप लामिछानेले पनि २० रनमा चार विकेट लिए। जवाफमा नेपालले एक बल बाँकी हुँदा छ विकेट गुमाएर १ सय ३४ रन बनायो।

करण १४ बलमा ३१ रन जोडेर नटआउट रहे। नेपाललाई अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएकोमा करणको ब्याट्बाट त्यति रन निस्केको थियो।

नेपालका लागि कप्तान पारस खड्काले ३३ र विनोद भण्डारीले २६ रनको ठोस योगदान दिए।