झापा । भोलि बिहीबार अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत आफ्नो तेस्रो खेल खेल्दै छ । राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक सातादेखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो ।

बुधबार भएको प्री म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले दुवै टिममा एघार एघार जना खेलाडी हुने भएकाले नतिजा जसको पक्षमा पनि जान सक्ने प्रतिृकया दिएका छन् ।

अस्ट्रेलिया बलियो टिम भए पनि आफूहरुले राम्रो तयारी गरेको उनको भनाइ छ । अस्ट्रेलियन प्रशिक्षक ग्राहम आरनोल्डले नेपालविरुद्ध आक्रमक खेल खेल्ने उल्लेख गरे । नेपालले खेल्न लागेको यो अहिले सम्मकै ठुलो खेल हो । फिफा वरियतामा नेपाल एक सय ६१ र अस्टेलिया ४४ औं स्थानमा छ ।

नेपालले विश्वकपको दोस्रो चरण खेलिरहेको छ भने अस्ट्रेलिया रसियासहित पाँच पटक विश्वकपमा सहभागी भइसकेको छ । यसअघि छनोटमा नेपालले कुतेवसँग सात शुन्यको हार बेहोर्दा चाइनितज ताइपेइलाई भने दुई शुन्यले पराजित गरेको थियो ।

अस्ट्रेलियाको यो दोस्रो खेल हो । उसले आफ्नो पहिलो खेलमा कुवेतलाइ तीन शुन्यले पराजित गरेको थियो । उसको टिममा प्रिमियर लिगसहित युरोपका विभिन्न क्लबकबाट खेल्ने खेलाडी समावेश छन् ।