काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे जानकारी गराएको हो । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलिरहेको नेपालले ७ नोभेम्वरमा मनडालेमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

इंग्ल्यान्डको ‘सी’ टिमसँग २५ मार्च २०२० मा खेल हुने एन्फाले जनाएको छ । खेल एल्डरसट टाउन फुटबल क्लबमा हुने छ ।
इंग्ल्यान्डसँग खेल्ने व्यवस्था नेसनल लिग सिस्टम र फुटबल अपरेसन डिभिजन अफ फुटबल एसोसिएसनका अभ्यक्ष लरेन्स जोन्स र इंग्ल्यान्डका नेपाली राजदुत डक्टर दुर्गा बहादुर सुवेदीले मिलाएका हुन् ।

विश्वकप छनोटको चार अवे खेलमा नेपाल समूह ‘बी’ मा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । अब सबै चार होम खेल त्रिपुरेश्वरस्थित दरशथ रंगशालमा हुनेछ । नेपालले पहिलो होम म्याच नोभेम्वर १९ मा दशरथ रंगशालामा खेल्दैछ ।