दमक । फ्यान्स क्लब अफ बीआरसी झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा फ्यान्स क्लब अफ बीआरसीले शान्तिदीप युवा क्लबलाई टाइब्रेकरमा पराजित गरेपछि फाइनलमा स्थान सुरक्षित गरेको हो । बीआरसीले शान्तिदीपलाई ३ १ गोलले टाइब्रेकरमा पाखा लगाएको हो ।
बीआरसीका लागि रुपेश केसी, अभिषेक राई र अन्जन गुङले गोल गरे भने शान्तिदीपका लागि मीन धिमालले मात्र सान्त्वना गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच बीआरसीका रुपेश केसी घोषित भए । आज कमल गाउँपालिकाको खेलकुद विकास समिति र धु्रवतारा स्पोर्टिङ क्लबबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।
दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् ।

विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए ।