झापा । म्यानमार यू-२३ विरुद्ध दुई पटक अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको छ । शुक्रबार कतारको राजधानी दोहामा भएको खेलमा पहिलो हाफको दोस्रो मिनेटमै अनन्त तामाङको गोलमार्फत अग्रता पाएको थियो ।

नेपालले पहिलो हाफको नियमित समय सकिन ५ मिनेट बाँकी रहेका बेला नेपालले गोल खान पुग्यो । दोस्रो मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई हेडरमार्फत दोस्रो मिनेटमै अनन्तले गोल गरेका थिए ।

४०‌‌औँ मिनेटमा म्यानमारले खेलमा बराबरी गर्न सफल भयो । यसका लागि लुई मोइले गोल गरे । तर, खेलको ६० औ मिनेटमा नेपालले फेरि अग्रता बनायो । नेपालका लागि रेजिन सुब्बाले गोल गरे । तर लगत्तै म्यानमारले गोल फर्कायो । जसका कारण खेल २–२ को बराबरी भयो ।

८६ औँ मिनेटमा म्यानमारले प्रहार गरेको कडा प्रहारलाई नेपाली गोलरक्षक असिमजंग कार्कीले बचाएका थिए । नेपालमा आयोजना हुने १३ औँ सागको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।