0 Shares

झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सेमिफाइनल प्रवेशका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ आमनेसामने हुदैछन् । खेल दिउँसो २:३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

चिरपरिचित यी दुई टोलीबीचको विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा एपीएफको यो पहिलो खेल हो । युवा खेलाडीले भरिएको पुलिसले भने झापा ११ लाई पन्छाउदै क्वाटरफाइनलमा पुगेको थियो । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताबाट आयोजक जायोन स्पोर्टस क्लब, झापा ११ र मोरङको बेलबारी एफसी बाहिरिसकेका छन् । अब मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाईजले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।