दमक । चुलाचुली फुटबल क्लबको आयोजना भोलि (शनिबार)देखि चुलाचुली खेलमैदानमा तीनदिने नकआउट फुुटबल प्रतियोगिता हुने भएको छ ।

फेन्स क्लब अफ बीआरसी भुटान र मधुमल्ला एफसी मोरंगबीच उद्घाटन खेल हुने प्रतियोगितामा ११ वटा टिम रहेका छन् । जसमा डिएफसी दमक, रोयल स्पोर्टिंग क्लब दमक, एम एफसी मोरंग, चुलाचुली ५, आयोजक चुलाचुली फुटबल क्लब, चात्याश एफसी, ओम शान्ति विकास दमक, घरघरे एफसी टाँडी र स्कुलचौन गौरादह सहभागी टिम रहेका छन् ।

कात्तिक ३० देखि मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १५ हजार, ट्रफी र उपविजेताले नगद १० हजार पाउने खेल संयोजक अनिष बस्नेतले जानकारी दिएका छन् ।