अर्जुनधारा । तङ इल मो-दो संघ नेपाल जिल्ला कार्यसमिति झापाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडिलाई सम्मानसहित बेल्ट प्रदान गरेको छ ।

शनिबार अर्जुनधारा ८ स्थित स्वस्तिका शिशु सदन माविमा आयोजित कार्यक्रममा १५० जना खेलाडीलाई प्रमोशन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । खेलाडीको क्षमता र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका मोरङ सचिव लोकबहादुर गिरीले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका केन्द्रीय सदस्य राजेन्द्र मुर्ती पन्तको अध्यक्षतामा भएको थियो । विद्यालयका निर्देशक बसन्त श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन लोकबहादुर गिरीले गरेका थिए ।