काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

तालिका बमोजिम डिभिजनको पहिलो खेल भने मच्छिन्द्र क्लब र ब्रिगेड व्याइज क्लबबीच हुनेछ । कुल १४ टोली सहभागी हुने डिभिजनको पहिलो खेल मङ्सिर २८ गते हुनेछ । ए डिभिजन प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

दोस्रो दिन भोलिपल्ट सिएमजी संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लबबीच हुने निर्धारण भएको छ । तालिका बमोजिम साविक विजेता मनाङ्ले मंसिर ३० गते एपीएफसँग खेल्ने छ ।

पहिलो चरणमा कुल सात वटा खेल हुनेछ । पहिलो चरणको अन्तिम दिन पुस १ गते दुई खेल थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच हुनेछ । तालिका सार्वजनिक गर्ने क्रममा एन्फाले प्रतियोगिताको सुरुको हप्तामा कुनै एक खेलबाट उद्घाटन गरिने जनाएको छ ।

प्रतियोगिताका सबै खेलहरु दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्स सात दोबाटोमा हुने जनाइएको छ । पुनर्निर्माणपछि दशरथ रङ्गशालामा भने करिब चार वर्षपछि लिग खेल हुन लागेको छ ।