पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला मैदानमा श्रीलंकालाई १-० गोल को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा सरु लिम्बुले ८८ औं मिनेटमा मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेकी हुन् । महिला फुटबलमा ४ टोलीको मात्र सहभागिता रहेको छ । अन्य दुई टोलीमा भारत र माल्दिभ्स छन् ।

सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पुछारका दुई टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।