काठमाडौं। काठमाडौं, पोखरा र जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १८ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान नेपालले १८ स्वर्ण हात पारेको हो । उसुको थाउलोमा नेपालले दुई स्वर्ण जित्यो ।

सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरी जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जितेका छन् । १७औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाएकी हुन् ।

१८औं स्वर्ण १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ ।

पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन्

नेपालले अहिलेसम्म १८ स्वर्ण, ३ रजत र ८ कास्य गरी २९ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।