काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलअन्तर्गत नेपालले पहिलो खेलमा अग्रता लिएको छ ।

दशरथ रंगशालामा चार वर्षपछि खेलेको नेपाली टिमले पहिलो खेलमा भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । खेलको पहिलो हाफसम्म नेपाल १-० गोलले अगाडि छ ।

नेपालका लागि खेलको ५औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन् । भुटानका डिफेन्डर जिग्मी छिरिङको गल्तीको फाइदा उठाउँदै सुजलले गोल गरेका हुन् ।

पहिलो हाफमा भुटानविरुद्ध एकोहोरो दबाब सिर्जना गरेको नेपालले थुप्रै अवसर गुमाएको थियो ।