काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडि परेको नेपाल दोस्रो सेटमा नेपाल २५-२३ ले विजयी भएको छ ।

पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३-८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको हो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो ।

दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो । नेपालले ४-१ को अग्रता कायम गरेको थियो । भारतले पुनरागमन गर्दै ८-८ को बराबरीमा फर्कार्यो । भारतले लगातर दुइ अंक जोड्दै १०-८ को अग्रता कायम गर्न सफल भयो । नेपाली स्पाइकरले उत्कृष्ट ब्लक गरेपछि नेपालले खेलमा पुन अग्रता कायम गर्दै १३-१२ को अवस्थामा पुर्याएका थिए ।

कडा प्रतिस्पर्धा बनेको खेल भारतीय स्पाइकरले पुन उत्कृष्ट ब्लक गरेपछि नेपाल १६-१५ ले पछि परेको थियो । भारतीय खेलाडीको तालमेल नमिल्दा खेल १६-१६ को अवस्थामा पुगेको थियो । प्रतिभा मालीको चलाखीपूर्ण प्रर्दशनले नेपालले १९-१७ को अग्रता कायम गर्दै जितको आशा बढाएकी थिइन् । सफिाको सर्मिस नेटमा लागेर कटेपछि अग्रथता बढाएको थियो । नेपालले २१-१८ को अग्रता कायम गर्यो ।

प्रतिभा मालीको उत्कृष्ट शट भारतीय खेलाडीले उठाउन नसक्दा नेपाल जित तर्फ अघि बढ्दै २२(१८ को अग्रता कायम गरेको थियो । नेपालको जितमा प्रतिभा मालीको जित उत्कृष्ट रह्यो ।

नेपाली महिला भलिबल टोली सागमा पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।