काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडि परेको नेपालले दोस्रो सेट र तेस्रो सेट पनि जितेको छ ।
पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । तर, दोस्रो सेटमा नेपाल २५-२३ ले विजयी भयो भने तस्रो सेटमा पुनः नेपालले २५-२१ ले विजयी भएको छ ।
नेपाली महिला भलिबल टोली सागमा पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो ।
नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।