काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सीमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ ले जितेपछि उपाधि नजिक पुगेको नेपालले निकै प्रतिस्पर्धात्मक चौथो सेट २५-२० ले गुमायो । पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।

खेलको पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३-८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनै पनि सेटमा हराएको हो ।

दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो । नेपालले ४-१ को अग्रता कायम गरेको थियो । भारतले पुनरागमन गर्दै ८-८ को बराबरीमा फर्कार्यो । भारतले लगातर दुइ अंक जोड्दै १०-८ को अग्रता कायम गर्न सफल भयो । नेपाली स्पाइकरले उत्कृष्ट ब्लक गरेपछि नेपालले खेलमा पुन अग्रता कायम गर्दै १३-१२ को अवस्थामा पुर्याएका थिए ।

कडा प्रतिस्पर्धा बनेको खेल भारतीय स्पाइकरले पुन उत्कृष्ट ब्लक गरेपछि नेपाल १६-१५ ले पछि परेको थियो । भारतीय खेलाडीको तालमेल नमिल्दा खेल १६-१६ को अवस्थामा पुगेको थियो । प्रतिभा मालीको चलाखीपूर्ण प्रर्दशनले नेपालले १९-१७ को अग्रता कायम गर्दै जितको आशा बढाएकी थिइन् । सफिया पुनको सर्भिस नेटमा लागेर कटेपछि अग्रता बढाएको थियो ।

नेपालले २१-१८ को अग्रता कायम गर्यो । प्रतिभा मालीको उत्कृष्ट सट भारतीय खेलाडीले उठाउन नसक्दा नेपाल जित तर्फ अघि बढ्दै २२-१८ को अग्रता कायम गरेको थियो । नेपालको जितमा प्रतिभा मालीको जित उत्कृष्ट रह्यो ।

नेपालले तेस्रो सेटमा पनि सुरुवात देखीनै प्रतिस्पर्धा सहित अग्रता कायम गर्दै भारतलाई दबाबमा राख्यो । तेस्रो सेटमा १३-१३ को अवस्थामा पुगेको थियो । प्रतिभाको उत्कृष्ट सर्भिस भारतीय खेलाडीले उठाउन नसक्दा नेपालले १५(१४ को अग्रता कायम गरेको थियो । सरस्वती चौधरीले भारतीय स्पाइकरको सट ब्लक गर्दै २०-१७ को अग्रता दिलाएकी थिइन् ।

सफिया पुनको उत्कृष्ट सटमा नेपालले ४ अंकको अग्रता कायम गरेको थियो । प्रतिभाको उत्कृष्ट सटमा नेपालले ५ अंकको अग्रता कायम गर्दै जित नजिक पुगेको थियो । नेपालले तेस्रो सेट २५-२१ ले जितेको हो ।

चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो । चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो । अधिकांश समय बराबरीमा चलेको खेलमा भारत १८-१६ ले अगाडी समेत रहेको थियो । नेपालले पुनरागमन गर्ने प्रयास गरेपनि भारतले लगातार अंक जोड्दै चौथो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।

पाँचौ सेटमा भारतले सुरुवातमा नै ३-० को अग्रता लिँदै नेपाललाई दवावमा राखेको थियो । नेपालले पुनरागमन प्रयास गर्दै ५-१ को अवस्थामा टाइम आउट लिएको थियो । पाँचौ सेटको मध्यान्तरमा नेपाल ८-२ ले पछाडी रहेको थियो । नेपालले पुनरागमन प्रयास गरे पनि सर्भीस बिग्रंद स्कोर १०-५ हुन पुग्यो । त्यसपछि भारतले लगातार अंक जित्दै पाँचौ सेटमा १५-६ को जित दर्ता गर्यो ।

यसअघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।