तेह्रथुम । दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकप आजदेखि सुरु हुँदैछ ।
भगिमानसिं तुम्बाहाम्फे स्मृति ट्रस्टको आयोजनामा स्थानीय म्याङलुङ खेलमैदानमा सुरु हुने गोल्डकपमा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेलमा आयोजक बिटिएफसी तेह्रथुमले डाँगीहाट एफसी मोरङसँग आज प्रतिस्पर्धा गर्दैछ ।
खेल दिनको २ बजे सुरु हुनेछ भने औपचारिक कार्यक्रम बिहान ११ बजेदेखि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ ।
