तेह्रथुम । दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा आज शनिबार माइभ्याली एफसी इलाम र योङ ब्रदर्स इटहरी भिड्दै छन् ।

स्थानीय म्याङलुङ खेलमैदानमा शुक्रबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा डाँगीहाट एफसी मोरङलाई सडन डेथमा पराजित गर्दै आयोजक बिटिएफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

गोल्डकपमा आठ वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।