तेह्रथुम । दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा आज आइतबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ ।

स्थानीय म्याङलुङ खेलमैदानमा दिउँसो २ बजे हुने खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दैछन् ।

शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा द योङ ब्रदर्स इटहरीले इलामलाई सडन डेथमा पराजित गर्यो भने । उद्घाटन खेलमा आयोजक बिटिएफसीले डाँगीहाट एफसी मोरङलाई पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

गोल्डकपमा आठ वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।