काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको छ । खेलको ११औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरे ।

दुवै टिमका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जीत वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।