तेह्रथुम । यहाँ जारी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा आज जलथल एफसी झापा र गाइघाट एफसी उदयपुरबीच खेल हुनेछ ।

स्थानीय म्याङलुङ खेलमैदानमा आज दिउँसो २ बजे हुने खेलमा झापा र उदयपुरले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । आजको खेल अन्तिम क्वाटरफाइनल खेल हो ।

यसअघि आयोजक बिटिएफसी, द योङ ब्रदर्श इटहरी र चर्च ब्वाइज काठमाडौँ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

भगिमानसिं तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमले आयोजना गरेको गोल्डकपमा आठ वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।