माई । माई नगरपालिकामा भएको नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जनधारा एफसीले जितेको छ ।

नमुना युवा समुह माई नगरपालिका ४ को आयोजनामा भएको फुटबल प्रतियोगिताको फाइनलमा माई नगरपालिका–२ सित्तलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जुनधाराले नगद १० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सित्तलीले नगद ५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा इलाम र झापाका गरी १४ टिमको सहभागिता रहेको थियो ।

समापन समारोहमा माई नगरपालिका उपप्रमुख विष्णुमाया रिमालको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख दिपककुमार थेवेले गरेका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार वैदेशिक रोजगारका लागि दुवईमा रहेका रन्जित काफ्ले र सानिमा बैंकले उपलव्ध गराएको थियो भने दोश्रो पुरस्कार बैदेशिक रोजगारमा नै रहेका स्थानीय राजिन मगरले उपलव्ध गराएको क्लबका सचिव सुमन आर्चायले जानकारी दिए । शिल्ड तथा मेडल साना किसान महिला कृषि सहकारीले प्रायोजन गरेको थियो ।