काठमाडौं । योगेश गुरुङको गोलमा सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मच्छिन्द्र क्लबले अग्रता लिएको छ।
आजदेखि शुरु लिगमा पहिलो हाफ सकिँदा ब्रिगेड ब्वाइज क्लबविरुद्ध योगेशले खेलको ३०औँ मिनेटमा गोल गरेका हुन् । विशाल राईकाे फ्रिकिकमा याेगेशले गाेल गरेका हुन् । पेनाल्टीबक्सबाहिर प्राप्त फ्रिकिक क्रसबारमा लागेर फर्किएपनि पाेस्ट नजिक अनमार्क रहेका याेगेशले हेडमार्फत गाेल गर्दै अग्रता दिलाए ।
१४ टिम सहभागी यस लिगमा ९१ खेल हुनेछन् । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल भइरहेको छ ।
लिग विजेताले नगद ५० लाख पाउने छ भने उप विजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचौं हुनेले ७ लाख र छैटौं हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यसैगरी तयारीका २०-२० लाख रुपैयाँ प्राप्त गरेका छन् ।