विराटचौक । प्रथम सुन्दरहरैँचा प्रदेशस्तरीय फुटबल प्रतियोगितामा बराहक्षेत्र एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको उदघाटन खेलमा बराहक्षेत्र एफसी सुनसरीले ३-१ गोलमा डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बराहक्षेत्रका लागि आकाश राईले खेलको ३५ र ५३औँ मिनेटमा गोल गरेका थिए । बराहक्षेत्रकै साजन राईले ६२औँ मिनेटमा थप गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच बराहक्षेत्रका आकाश राई घोषित भए । उनले ३ हजार नगद पुरस्कार पाए । डाँगीहाटका सुमन राईले खेलको ४९औँ मिनेटमा १ गोल फर्काए ।

प्रतियोगिताको विजेताले नगद २ लाखसहित ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख पाउनेछ ।