झापा । सिक्किममा सम्पन्न प्रथम इण्डो नेपाल कराते च्याम्पियनसीपमा झपा अर्जुनधारा दुई खेलाडीले स्वर्ण जितेका छन् ।

मंसिर २५ देखि २७ गतेसम्म सम्पन्न प्रतियोगितामा अर्जुनधारा ९ स्थित खरबन्दी कराते डोजोबाट सहभागी आर्यन दाहाल र सदीक्षा चौधरीले स्वण पदक जितेका हुन् । आर्यनले ३५ केजी तौल समूहबाट कुमुतेमा स्वर्ण जिते भने काँतातर्फ रजत पनि जितेका छन् ।

त्यस्तै, ४० केजी तौल समूहमा सदीक्षा चौधरीले पनि कुमुतेतर्फ स्वर्ण जितेकी हुन् । उनले काँतातर्फ पनि रजत पदक जितिन् । त्यस्तै, सोही प्रतियोगितामा प्रिन्सेस देवकोटाले ४० केजी तौलबाट कुमुतेमा रजत पदक जितेको डोजोकी गुरु पार्वती राजवंशीले जानकारी दिइन् ।