अर्जुनधारा । अर्जुनधारा प्याव्सनको आयोजनामा नगरस्तरीय बृहत सांस्कृतिक कार्यक्रम भइरहेको छ । प्रगति अंग्रेजी आवासीय विद्यालयमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाभित्रका २७ वटा निजी बिद्यालयका विद्यार्थी सहभागी छन् ।

अर्जुनधारा प्याव्सन नगर अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । स्वागत प्याव्सन उपाध्यक्ष बालगोपाल गौतमले गरेको कार्यक्रममा विशेष अतिथि प्याव्सन बिर्तामोड अध्यक्ष उत्तम खरेल रहेका थिए भने सञ्चालन अर्जुनधारा नगर सचिव राजेशकुमार आचार्यले गरेका छन् ।

सांस्कृतिक कार्यक्रममा सहभागी विभिन्न प्रतियोगिताको नतिजा आउन बाँकी रहेको कार्यक्रम संयोजकसमेत रहेका प्याव्सनका उपाध्यक्ष गौतमले बताएका छन् ।