अर्जुनधारा । निजी तथा आवासीय विद्यालय संगठन (प्याव्सन) झापाको आयोजना मंगलबार विभिन्न विधामा भएको पालिकास्तरीय प्रतियोगितामा बिर्तामोडलाई दुई उपाधि मिलेको छ ।

अर्जुनधारा प्याव्सनको संयोजनमा प्रगति अंग्रेजी माविको प्रांगणमा भएको तीन विधाको प्रतियोगितामा बिर्तामोडलाई सिनियर गायन र नृत्यमा उपाधि मिलेको हो । जसमा बिर्तामोडको चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल सिनियर सामुहिक लोक तथा सांस्कृतिक नृत्यतर्फ प्रथम भएको छ । सोही प्रतियोगितामा कनकाईको पारागन एकाडेमी र दमकको मदरल्याण्ड अंग्रेजी बोर्डिङ स्कुल क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

त्यस्तै, सिनियर गयनतर्फ पनि बिर्तामोडकै एमीटि सेकेण्डरी स्कुलले बाजी मार्यो । कनकाईको दिव्यरत्न बोर्डिङ स्कुल र मेचीनगरको हिमालयन एकाडेमी दोस्रो र तेस्रो भए ।

जुनियर गायनतर्फ भने कमल गाउँपालिकाको फोनिक्स इङलिस स्कुल, बिर्तामोडको निधि उच्च शिक्षा निकेतन र बुद्धशान्तिको कान्तिपुर विद्या सदन उत्कृष्ट तीनमा पर्न सफल भए ।

सिनियर सामूहिक लोक तथा सांस्कृतिक नृत्यतर्फ र सीनीयर गायनतर्फ प्रथम हुने प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएको अर्जुनधारा प्याव्सनका उपाध्यक्ष बालगोपाल गौतमको जानकारी दिए ।

झापा जिल्लामा रहेका पालिकामा संगठिन प्याव्सनका सदस्यबीच प्रतियोगिता भएको हो । स्थानीय पालिकामा उत्कृष्टहुँदै आएका विद्यालय र विद्यार्थी फाइनल राउण्डमा जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराइएको हो ।