सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाको टिम सेमिफाइनल प्रवेश गरेको छ ।
बिहीबारको खेलमा साविक बिजेता झापा गाउँपालिकालाई टाइब्रेकरमा पछि पार्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । खेल अवधिभर गोलरहित बराबरीको खेलेको बिर्तामोडले टाइब्रेकरमा ४-२ गोलले विजयी भएको हो ।
बिर्तामोडका गोलकिपर अनुकरण श्रेष्ठ खेलको म्यान अफ दी म्याच भए । आज अर्जुनधारा नगरपालिकाले गौरादह नगरपालिकाको टिमसँग सेमिफाइनल प्रवेशका लागि भिड्दैछ ।
कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५५ हजार १११ रुपैयाँ पाउनेछन् ।