झापा । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेतालाई अर्जुनधारामा सम्मान गरिएको छ ।
टिम कुुुुुमुतेतर्फ सहभागी अर्जुनधारा ५ की एस्तर राईले सागमा कास्य पदक जितेकी थिइन् । उनलाई बाह्रघरे डोजोले एक कार्यक्रम गरी शनिबार गृहनगरमा सम्मान गरेको हो । त्यस्तै, अन्य तीन जना खेल व्यक्तित्वलाई पनि डोजोले सम्मान गरेको हो ।
डोजोले आयोजना गरेको त्रिदेशीय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदन उप्रेती, साउथ एसियन कराते रेफ्री कमिशन मेम्बर बिसन मोते र अर्जुनधाराका शारीरिक सुगठन प्रतियोगी तथा गो फिट बिर्तामोडका सञ्चालक तुल श्रेष्ठलाई सम्मान गरिएको हो ।
प्रतियोगितामा नेपाल, भारत, भुटानका करिब २ सय जना खेलाडीले सहभागिता जनाएको एकेएफ रेफ्री तथा प्रतियोगिताको रेफ्री संयोजक कुमार उप्रेतीले जानकारी दिए ।
कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद बृख प्रधान थिए भने बाह्रघरे डोजोका अध्यक्ष नारद नेपालको अध्यक्षतामा भएको थियो ।