झापा । झापाली स्ट्राइकर कर्ण लिम्बूले काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा डेब्यू गरेका छन् । उनले संकटा फुटबल क्लबबाट शनिबार डेब्यू गरेका हुन् ।

कर्ण लिम्बूले संकटाको तर्फबाट खेल्दा जर्सी नम्बर भने ३३ लगाएका छन् । उनको मनपर्ने नम्बर भने १४ रहेको छ । कर्ण लिम्बूको अनुबन्धनलाई संकटाले आर्थिक पाटोबारे भने खुलाएका छैनन् ।

पहिलो रोजाइमा परेका कर्णको टिम संकटाले एनआरटीलाई १-० गोलले पराजित गर्दैै ३ अंक बटुलेको छ । खेलको नवौं मिनेटमा दिपेश आले मगरले निर्णायक गोल गरे ।