झिलझिले । यहाँको भगवती माध्यमिक विद्यालयका अतिविपन्न वर्गका छात्रछात्रालाई शिवसताक्षीका तीन दाताले जाडोमा लगाउने स्वीटर प्रदान गरेका छन् ।
अभिभावकको आम्दानी श्रोत नभएका छात्रछात्रलाई शिवसताक्षीका गणेश खरेल, शेरबहादुर तामाङ्ग र कुलप्रसाद राजवंशीले ६५ थान स्वीटर प्रदान गरेको विद्यालयका शिक्षक लोकमणि गौतमले जानकारी दिए । खरेलले ५०, तामाङ्गले १० र राजवंशीले ५ थान स्वीटर उपलव्ध गराएको शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल र दाताले संयुक्तरुपमा प्रदान गरेका थिए ।
आदिवासी जनजाति समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा दाताले दिएको स्वीटर पाउँदा विद्यार्थी दंग परे । विद्यालयका अनुसार, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर भएकैले बढ्दो चिसोबाट विद्यार्थीलाई बच्नका लागि दाताले दिएको स्वीटरले ड्रप आउट हुनसक्ने सम्भावना घटेको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी लत्ताकपडालगायतका कारणले विद्यालयबाट ड्रप आउट हुने गरेका छन् । दूधे बजार विकास समितिका अध्यक्षसमेत रहेका खरेलले बर्सेनि विपन्न समुदायका बालबालिकालाई फरक फरक ढंगले सहयोग पुर्याउँदै आएका छन् ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी लत्ताकपडा लगायतका कारणले विद्यालयबाट ड्रप आउट हुने गरेका छन् ।