अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई तीन दिन जाडो बिदा दिने निर्णय भएको छ ।

नगरपालिकाको शिक्षा शाखाले आइतबार एक सूचना प्रकाशित गर्दै नगरभित्र रहेका सामुदायिक विद्यालयमा केही दिनदेखि बढेको चिसोका कारण अध्ययन, अध्यापनमा असजिलो भएकाले भोलि (सोमबार)देखि तीन दिन बिदा दिने निर्णय गरिएको शिक्षा शाखाका उपसचिव तोयानाथ रेग्मीले सूचनामा उल्लेख गरेका छन् ।

मौसममा सुधार नआएको खण्डमा सम्बन्धित प्रधानाध्यापकहरुले शिक्षा शाखासँग समन्वय गरेर थप दुई दिन बिदा मिलाउन सक्ने पनि सूचनामा उल्लेख छ । यस नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय रहेका छन् ।