झापा । अर्जुनधारा नगरपालिकाको आयोजनामा नगरस्तरीय लोक सेवा आयोग पूर्व तयारी सम्बन्धी कक्षा सञ्चालन गरिएको छ ।

नगरले बिहीबारबाट एक कार्यक्रमका बीच १५ दिने कक्षा सञ्चालन गरेको हो । निजामती कर्मचारीका लागि आवश्यक तयारी कक्षा सुरु गरिएको सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङले बताए ।

महिला बालबालिका शाखाको आयोजनामा सञ्चालन गरिएको कक्षामा ५५ जना विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीलाई शाखा अधिकृत सुमित मगरले प्रशिक्षण दिएका छन् ।

सामाजिक विकास समिति संयोजक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य रमेश त्रिखत्रीलगायतले शुभकामना मनतब्य राखेका थिए ।