धनकुटा । यहाँ आयोजित वाइवाइ शहीद रिदामाहाड्ग (रामालिहाड्ग) आठपहरिया प्रथम महिला गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
निर्धारित समयमा विपक्षी सशस्त्र प्रहरी क्लब र आर्मीले गोलरहित बराबरी खेलेका थिए । तर, टाइब्रेकर मा ३-१ ले बिजयी हुँदै आर्मीले उपाधि रक्षा गर्यो । उपािध विजते आर्मीले नगद २ लाख पाउँदा उपविजेता एपीएफले एक लाखमा चित्त बुझायो ।
खेलको उत्कृष्ट गोलकिपर आर्मीकी गोलरक्षक अन्जना राना मगर, आर्मीकै रश्मी घिसि बेस्ट फरवार्ड, बेस्ट कोच आर्मीका चक्र तामा घोषित हुँदा एपीएफकी पूजा राना बेस्ट डिफेन्स र रेनुका राना बेस्ट मिडफिल्ड घोषित भइन् ।
प्रतियोगिताकै वुमन अफ दी म्याच आर्मीकी पूजा राना घोषित भइन् । उनले नगद ३ हजार पाइन् । उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाएका थिए ।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी एपीएफकी सावित्रा भण्डारीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताको उपाधि एपीएफकी सर्मिला थापामगरले नगद ७ हजार पाइन् ।