0 Shares

जयपुर । बुद्धशान्ति गाउँपालिका-२ स्थित जयपुरमा झापा जिल्लास्तरीय प्रथम जुयिनर जयपुर तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

यही पुस २६ गते जयपुर तेक्वान्दो डोजाङको आयोजना २५ केजीदेखि ५२ केजी तौलका खेलाडीबीच ९ समूहमा महिला तथा पुरुषबीच प्रतियोगिता हुने खेल संयोजक चन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार तौल समूहबाहेक सिनियर पुम्से र जुनियर पुम्से महिला, पुरुषकोे पनि प्रतियोगिता हुनेछ । जिल्लाका २२ वटा डोजाङका करिब ४ सय खेलाडी सहभागी हुने प्रतियोगिताको उद्घाटन बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले गर्ने तय गरिएको छ ।

३ लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगिता सम्पन्न गर्न स्थानीय संघसंस्था, सहयोगी खेलप्रेमी, स्थानीय सरकारबाट सहयोग मिल्ने बताइएको छ । प्रतियोगिताको बेस्ट फइटार महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने संयोजक गौतमले बताए ।

स्थानीय आदर्श माविको खेलमैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न संयोजक गौतमको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । प्रतियोगितामा झापा जिल्ला तेक्वान्दो संघको तर्फबाट प्राविधिक सहयोग हुनेछ ।