दूधे। राष्ट्रिय रमणीय आदर्श माविको स्वर्ण वर्षको स्तम्भ नवगठित भूपू विद्यार्थी मञ्चले निर्माण गर्ने भएको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समारोह समितिले विद्यालय हाताको नगर शिक्षा शाखाको सभाहलमा बुधबार विधागत समिति गठन गर्ने उद्देश्यले आयोजना गरेको भेलामा मञ्चका अध्यक्ष अशोक बस्नेतले विद्यालको स्वर्ण महोत्सवको स्वर्ण स्तम्भ भूपू विद्यार्थी मञ्चले निर्माण गर्ने बताए ।

विद्यालयको स्वर्ण महोत्सव माघ १७ गते भव्य समारोहका बीच उद्घाटन हुनेछ भने समापन ०७७ माघ १६ गते हुने विद्यालय प्रशासनले जनाएको छ । स्वर्ण महोत्सवलाई सम्पन्न गराउन शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षतामा १२७ सदस्यीय स्वर्ण महोत्सव मुल आयोजक समारोह समिति गठन भएको छ ।

बुधबारको भेलाले विभिन्न १९ वटा उपसमिति गठन गरेको छ । महोत्सवको सूचना तथा प्रचारप्रसार उपसमितिको संयोजकमा विनोद सापकोटा चयन भएका छन् । सो समितिको सदस्यमा छविलाल दवाडी, सरोज भट्टराई, गोविन्द ल्वागुन, कृष्णचन्द्र सेलिङ्ग छन् । यस्तै स्मारिका सम्पादन तथा प्रकाशन समितिमा श्रीप्रसाद खरेल, योजना निर्माण तथा बजेटिङ्गमा विद्यालय व्यवस्थापन समिति, अतिथि सत्कार तथा सम्मान उपसमितिमा दुर्गा भण्डारी संयोजक छन् ।

यस्तै स्वयम्सेवक परिचालनमा लालमणी सुवेदी, स्टेज निर्माण तथा व्यवस्थापनमा विद्यालयको पू विद्यार्थी मञ्च, सामग्री खरिद तथा आर्थिक श्रोत व्यवस्थापनको संयोजकमा स्वर्ण महोत्सव मुल आयोजक समितिका अध्यक्ष भैरव कुमार श्रेष्ठ भने साहित्य तथा सांस्कृतिक उत्थान उपसमितिमा पदमप्रसाद दाहाल, खेलकुद उपसमितिको संयोजकमा पर्वत थुलुङ्ग चयन भएका छन् ।

यस्तै प्रविधि व्यवस्थापनमा शान्तिराम बस्नेत, खानेपानी व्यवस्थापनमा अग्नि दुलाल, पुरस्कार व्यवस्थापनमा विद्यालयका प्रधानाध्यापक कालिप्रसाद रिजाल छन् । वातावरण तथा सरसफाईमा सन् २०२० को सतासीधाम जेसीज, मसलन्द छपाईमा श्रीप्रसाद खरेल र सरोज भट्टराई, अक्षयकोष व्यवस्थापनमा टेकबहादुर सेन्च्युरी, स्वरस्वती मन्दिर निर्माणमा नारायणप्रसाद बजगाई, दुर्गाप्रसाद भट्टराई, अनुगमन तथा समन्वय इकाइ समितिमा सन्तोषकुमार मेन्याङवोको संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु सदस्य चयन भएका छन् ।

यस्तै प्राथमिक उपचार व्यवस्थापन समितिमा दुर्गा भण्डारी र शान्ति सुरक्षा तथा व्यवस्थापन समितिको संयोजकमा छत्रबाबु ओझा रहेका छन् ।