अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयले शुक्रबार एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो । विद्यालयले मनोहर स्मृति छात्रवृत्ति पुरस्कारबाट गरिब तथा जेहेन्दार विद्यार्थी सन्दिप न्यौपाने, सुरेन्द्र पौडेल, मनिष राईलाई नगदसहित सम्मान गरेको हो ।

त्यस्तै, मन्दोधरि पुरस्कारबाट विशाल लामिछाने, सृजना गजमेर, प्रश्ना मिश्र, शान्तिमाया पुरस्कारबाट दीक्षा अधिकारी, भैरव पौडेल, विक्रमबहादुर लिम्बूु, सृजन लिम्बू, सौरभ ढकाल, सालु खेवाङलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगदसहित सम्मान गरे ।

विद्यालयका पूर्व व्यवस्थापन समितिका ज्येष्ठ सदस्य यामबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षकद्वय पूर्ण ढुंगेल, दिपक भण्डारीले गरेका थिए ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष रघुनाथ खनाल, ३ वडाअध्यक्ष जीवन भण्डारी, अर्जुनधारा शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, कार्यपालिका सदस्य दिलिप गुरुङलगायतको आतिथ्यता रहेको थियो ।